Advertisement
Advertisement
Corporate Samachar
२६ भाद्र २०८३, शुक्रबार
Advertisement

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न दुई समिति गठन

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न दुई समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले बाढीबाट यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा अन्य सम्बन्धित विषयमा अध्ययन गर्नेछ। समितिले १५ दिनभित्र आवश्यक राय–सुझावसहितको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्नुपर्नेछ ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिडिई शंकर सिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ–संगठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी सदस्य रहेका छन् । यसैगरी, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल सुधार तथा परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा गठित समितिले भविष्यमा आउन सक्ने विपद्जन्य समस्या न्यूनीकरण तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारका विषयमा अध्ययन गर्नेछ ।

उक्त समितिमा सिडिई जीबेन्द्र मिश्र, सिडिई मणिराम भुसाल, इन्जिनियर सागर पन्थी, इन्जिनियर अनुकूल निधि, कानुन अधिकृत जानुका सिवाकोटी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा सदस्य रहेका छन् ।

समितिले ४५ दिनभित्र अध्ययन पूरा गरी राय–सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ। दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन तथा भविष्यमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाउने मन्त्रालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit