Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने

काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने
विज्ञापन
Advertisement

काठमाडौं। उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले सहज आपूर्तिका लागि नयाँ वैकल्पिक व्यवस्था लागू गरेको छ । उपभोक्ता एक सिलिण्डर ग्यास पाइने आशामा दैनदिन लामो लाइनमा बस्दै आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी छन्। उक्त निर्देशनसँगै आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत ग्यास लिन सक्नेछन्। यसका लागि अर्को कम्पनीको सिलिन्डर लिँदा अतिरिक्त रकम तिर्नुपर्ने छैन।

मन्त्रालयका अनुसार यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ। बाढीका कारण सिर्जित आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। मन्त्री यादवले उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्। साथै, संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सरकारको निर्देशनविपरीत काम गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

बाढीका कारण नागढुंगा–मुग्लिन सडकखण्डलगायतका मुख्य सडक मार्ग प्रभावित हुँदा काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु तथा इन्धनको आपूर्ति प्रणालीमा असर परेको छ। यद्यपी ग्यासको आभाव भने नागरिकले गत जेठ महिनाबाटै खेप्दै आएका थिए । ग्यास आपूर्ति सहज बनाउन यसअघि पनि आधा सिलिण्डर वितरण देखि वैकल्पिक ढुवानी तथा वितरणका उपाय अपनाइएको थियो।तर, समस्या टरेको थिएन । उपभोक्ता एक सिलिण्डर ग्यास पाइने आशामा दैनदिन लामो लाइनमा बस्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit