Advertisement
Advertisement
Corporate Samachar
२६ भाद्र २०८३, शुक्रबार
Advertisement

चार उद्योगी–व्यवसायीसँग प्रधानमन्त्री बालेन छलफलमा : चौधरी, ढकाल, गोल्यान र श्रेष्ठसँग आर्थिक सुधारबारे विमर्श गर्दै

चार उद्योगी–व्यवसायीसँग प्रधानमन्त्री बालेन छलफलमा : चौधरी, ढकाल, गोल्यान र श्रेष्ठसँग आर्थिक सुधारबारे विमर्श गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज उद्यमी तथा व्यवसायीहरूसँग छलफल थालेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीसँग उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालले छलफल गरिरहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको बैठकमा देशको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री निजी सचिवालयका अनुसार, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit