Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

शिक्षक कर्मचारीसँग उठाएर  फक्ताङ्लुङ गाउँपालिकाको बाढीपीडितलाई २६ लाख रुपैयाँ बढी सहयोग

शिक्षक कर्मचारीसँग उठाएर  फक्ताङ्लुङ गाउँपालिकाको बाढीपीडितलाई २६ लाख रुपैयाँ बढी सहयोग
विज्ञापन
Advertisement

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई सहयोग गर्न हेतु रकम जुटाएको हो। गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडित तथा प्रभावित परिवारका लागि कुल २६ लाख १५ हजार ७४२ रुपैयाँ सहयोग जम्मा गर्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढी पीडितलाई सहयोग गरिएको रकम स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको सेवा, सुविधा र पारिश्रमिकबाट सङ्कलन गरिएको हो। सङ्कलित रकममध्ये गाउँपालिकाका जनप्रतिनिधिबाट दुई लाख ३४ हजार २५० रुपैयाँ र पालिकामा कार्यरत कर्मचारीबाट छ लाख ४८ हजार ५३२ रुपैयाँ रहेको छ । त्यस्तै, पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट १७ लाख ३२ हजार ९६० रुपैयाँ रकम सङ्कलन भएको छ।

उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण झन्डै एक हजार चार सय नागरिकको मृत्यु भएको छ भने पाँच हजार बढी अझै बेपत्ता छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit