Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

पानस हेल्पिङ ह्याण्ड्स यूकेको सहयोगमा रसुवा बाढी पीडित लागि १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ सहयोग

पानस हेल्पिङ ह्याण्ड्स यूकेको सहयोगमा रसुवा बाढी पीडित लागि १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा आइपर्ने प्राकृतिक विपद्, सामाजिक संकट र मानवीय आवश्यकतामा सहयोग जुटाउँदै आएको पानस हेल्पिङ ह्याण्ड्स यूकेले मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः प्रस्तुत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाले नेपालमा विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ठूलो धनराशि जुटाएर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पानस हेल्पिङ ह्याण्ड्स यूकेले एक करोड पाँच लाख ८६ हजार चार सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग गरेको हो।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पानस हेल्पिङ ह्याण्ड्स यूकेका संस्थापक सुजन कटवाल एमबिईले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे। उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा हुने गरी प्रदान गरिएको हो।

उक्त बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै हजारौं नागरिक प्रभावित भएका थिए भने घर, व्यवसाय तथा पूर्वाधारमा समेत व्यापक क्षति पुगेको थियो।

बेलायतमा रहेर सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा सक्रिय संस्थाले नेपाली नागरिकको पीडामा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको सन्देश दिएको छ। संस्थाको पछिल्लो सहयोगले स्वदेशमा रहेका विपद् प्रभावित नागरिकप्रति प्रवासमा रहेका नेपाली तथा सहयोगी मन भएका व्यक्तिहरूको चासो र संवेदनशीलतालाई समेत उजागर गरेको छ।

संस्थाले मानवीय सेवाका लागि जुटाएको सहयोगमा बेलायतकी समाजसेवी डेन जोआना लुम्लीको समेत महत्वपूर्ण भूमिका रहेको छ। उनले सहयोग रकम सङ्कलन गर्न विशेष पहल गरेकी थिइन्।

विभिन्न व्यक्ति तथा सहयोगीहरूको साथबाट जुटेको उक्त रकमले विपद्को कठिन घडीमा सामूहिक सहयोग र सहकार्यको महत्वलाई थप स्थापित गरेको छ।

नेपालमा प्राकृतिक विपद्का घटना बढ्दै जाँदा राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक बन्दै गएको छ। यस्तो अवस्थामा प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन र विपद् व्यवस्थापनका प्रयासलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने हेल्पिङ ह्याण्ड्स यूकेले अपेक्षा गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit