Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

२३ सय रुपैयाँले घटेर फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ, चाँदी पनि सस्तियो

२३ सय रुपैयाँले घटेर फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ, चाँदी पनि सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको हो ।

बुधबार १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मोल आज दुई लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।यो सँगै सुनको मोल पुनः तीन लाख मुनि ओर्लिएको छ।  अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार सुन तोलामा नौ सय रुपैयाँले घटेको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि सस्तिएको छ। बुधबार प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज ४ हजार ६२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यो मूलय अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ कम हो । त्यसअघि मंगलबार चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit