Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

मङ्गलदीपको ‘सेन्ट ३ इन १’ अगरबत्ती बजारमा, एउटै प्याकमा तीन प्रिमियम सुगन्ध

मङ्गलदीपको ‘सेन्ट ३ इन १’ अगरबत्ती बजारमा, एउटै प्याकमा तीन प्रिमियम सुगन्ध
विज्ञापन
Advertisement

काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार नयाँ अगरबत्तीमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध-एब्सोल्युट, रोयल र इन्टेन्सिटी-एउटै प्याकमा समावेश गरिएको छ। नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ।

मङ्गलदीप सेन्ट ३ इन १ को प्रमुख विशेषतामा चारकोलरहित संरचना र लामो समयसम्म टिकिरहने सुगन्ध रहेको कम्पनीको दाबी छ। एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मनोदशा वा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन्। सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तायलले नयाँ उत्पादनले नेपाली उपभोक्ताका लागि नवीन र सोच–विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए।‘परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत हामीले उपभोक्तालाई थप आनन्ददायी दैनिक अनुभव दिन खोजेका हौँ,’ तायलले भने।

मङ्गलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि स्थापित ब्रान्डका रूपमा रहेको कम्पनीले जनाएको छ। सेन्ट ३ इन १ मार्फत परम्परागत सुगन्ध र आधुनिक सुगन्ध अनुभवलाई एकै ठाउँमा ल्याउँदै उत्पादनको दायरा विस्तार गरिएको कम्पनीको भनाइ छ। मङ्गलदीप सेन्ट ३ इन १ को १०० र २०० रुपैयाँ मूल्य तोकिएको छ। यो उत्पादन नेपालभरका किराना पसल, सामान्य व्यापार तथा आधुनिक व्यापार केन्द्रमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

मङ्गलदीपको उत्पादन पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरसहित विभिन्न सुगन्धका अगरबत्ती रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit