Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

स्वास्थ्य बीमा बोर्डले ३८१ स्वास्थ्य सेवाप्रदायकलाई गर्यो १ अर्ब ४५ करोड रकम भुक्तानी

स्वास्थ्य बीमा बोर्डले ३८१ स्वास्थ्य सेवाप्रदायकलाई गर्यो १ अर्ब ४५ करोड रकम भुक्तानी
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने विभिन्न अस्पतालहरुलाई १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डका अनुसार २०८३ जेठ महिनामा स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत कुल १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ भुक्तानी गरिएको हो।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई प्रदान गरिएको स्वास्थ्य सेवाको दाबी प्रक्रिया पूरा भएपछि सम्बन्धित स्वास्थ्य संस्थालाई उक्त रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ। जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन्। भुक्तानी प्राप्त गर्ने संस्थामा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्थाहरू रहेको बोर्डले जनाएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाबाट प्राप्त दाबीको प्रक्रिया पूरा गरी सेवा रकम भुक्तानी गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit