Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
विज्ञापन
Advertisement

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरिएको केन्द्रले जनाएको छ। मन्त्रालयको २०८३ साउन ६ गतेको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो।

तालिममा शल्य चिकित्सक तथा सामान्य चिकित्सा विशेषज्ञ, शल्यकक्षका नर्स, सघन उपचार कक्षका नर्स तथा आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी सहभागी हुनेछन्। तालिमपछि सम्बन्धित अस्पतालमा जलन उपचार कक्ष तथा जलन वार्डको स्थापना, विस्तार र सुदृढीकरण गरी विशिष्टीकृत सेवा प्रदान गर्न सक्ने जनशक्ति तयार हुने अपेक्षा गरिएको छ। तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा.डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।पहिलो समूहमा मधेश प्रदेशको नारायणी अस्पतालबाट चार जना र कर्णाली प्रदेशको प्रदेश अस्पतालबाट चार जना गरी आठ जना सहभागी हुनेछन्।

तालिममा जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, आकस्मिक अवस्थामा बिरामीको प्राथमिकता निर्धारण, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण, दुखाइ व्यवस्थापन तथा जलन उपचार कक्ष सञ्चालनलगायत विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइनेछ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यसअघि पनि आधारभूत र प्राथमिक जलन उपचारसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। आधारभूत जलन उपचार तालिमअन्तर्गत हालसम्म ११ समूहमा १९९ जना र प्राथमिक जलन उपचार तालिमअन्तर्गत २३ समूहमा ३६४ जनाले तालिम प्राप्त गरिसकेका छन्।

नयाँ विशेषज्ञ तालिमको विस्तारसँगै जलनका बिरामीलाई उपचारका लागि काठमाडौं पठाउनुपर्ने अवस्था क्रमशः कम हुने र सम्बन्धित अस्पतालबाटै विशिष्टीकृत जलन उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit