काठमाडौं । द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले काठमाडौंमा ‘एसीसीए प्रस्तुत बीपीसी क्रिकेट लिग २०२६’ आयोजना गर्ने भएको छ।
चारदिने इन्डोर क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर २३ देखि २६ गतेसम्म बूढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुने भएको हो। प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीएबाट स्वीकृत शैक्षिक साझेदार, एसीसीएबाट स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्यका टोली सहभागी हुनेछन्। खेलकुदका माध्यमबाट एसीसीए समुदायबीच सहकार्य, सञ्जाल विस्तार, नेतृत्व, समूहगत कार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बीपीसीले जनाएको छ।
१६ टोलीबीच प्रतिस्पर्धा
प्रतियोगितामा विभिन्न एसीसीए शैक्षिक प्रदायक संस्था तथा एसीसीए समुदायको प्रतिनिधित्व गर्ने १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ब्रिटिश प्रोफेसनल कलेजका दुई, सर्टिफाइड कलेज अफ एकाउन्टेन्सीका तीन, सिड एकेडेमीका दुई तथा लर्निङ पार्क, ब्राइट एकेडेमी, फिन्ट लर्निङ हब, एम्बार्क कलेज, शिक्ष्या एकेडेमी, जीएनएस एस्ट्रा, स्लुगरर्स र एजीके पार्टनर्सका एक–एक टोली सहभागी हुनेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले एसीसीएका विद्यार्थी, व्यावसायिक जनशक्ति तथा सदस्यलाई कक्षाकोठा र कार्यस्थलभन्दा बाहिर एउटै खेलकुद मञ्चमा जोड्ने आयोजकको विश्वास छ । प्रतियोगितामार्फत समूहगत कार्य, नेतृत्व, सञ्चार, सञ्जाल विस्तार, सहभागिता तथा खेलकुद भावनालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
१ लाख ५० हजार रुपैयाँ पुरस्कार
प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक एसीसीए रहेको छ भने आवान ट्रेडिङ, अउज्ट्रिक्स एजुकेसनल हब, शुभम् इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले सहयोग गरेका छन्। नेपालको एसीसीए तथा व्यावसायिक शिक्षा समुदायका विभिन्न संस्था, विद्यार्थी, सदस्य तथा पेशाकर्मीलाई एउटै मञ्चमा ल्याएर खेलकुदसँगै आपसी सम्बन्ध र सञ्जाल विस्तार गर्ने अवसरका रूपमा प्रतियोगितालाई अघि बढाइएको बीपीसीले जनाएको छ।
ब्रिटिश प्रोफेसनल कलेज द ब्रिटिश कलेजको भगिनी संस्था हो। बीपीसीले नेपालमा सन् २०१३ देखि एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले एसीसीएको ‘प्लाटिनम स्टाटस’ प्राप्त गरेको छ, जुन एसीसीएका शैक्षिक प्रदायकका लागि उच्चतम तहको मान्यता हो। शैक्षिक कार्यक्रमसँगै बीपीसीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, व्यावसायिक सञ्जाल तथा विभिन्न सहपाठ्यक्रम गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।
















प्रतिक्रिया दिनुहोस्