Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

हुसेन तलतको अर्धशतकमा कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य

हुसेन तलतको अर्धशतकमा कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं। हुसेन तलतको अविजित अर्धशतकीय पारीमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो।कर्णालीका लागि तलतले ३३ बलमा २ चौका र १ छक्कासहित अविजित ५१ रन बनाए। ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे।

यस्तै, पवन सर्राफले १५ र गुल्सन झाले ६ बलमा १८ रन थपे। गुल्सनले १ चौका र २ छक्का प्रहार गरे। कर्णालीका कप्तान डेभिड मिलरले ५ रन मात्रै बनाउन सके। चसिन शर्मा शून्य, दीपक डुम्रे ७, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए। बलिङतर्फ चितवनका कमलसिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे। अब चितवनले जितका लागि १५४ रन बनाउनुपर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit