काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
यससम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लालप्रसाद साव लिम्बुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।
पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले साना लगानी, ठूला अवसर र राष्ट्र निर्माणलाई केन्द्रमा राख्दै ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार तथा पर्यटनलगायतका क्षेत्रमा रणनीतिक रूपमा लगानी गर्दै आएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्