Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

यात्रु सुविधाका लागि कुमारीपाटी–जावलाखेलमा कामना सेवा विकास बैंकले राखिदियो ५ बेन्च

यात्रु सुविधाका लागि कुमारीपाटी–जावलाखेलमा कामना सेवा विकास बैंकले राखिदियो ५ बेन्च
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि ५ वटा प्रतीक्षा बेन्च स्थापना गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कुमारीपाटी–जावलाखेल व्यापार संघको सहकार्यमा बैंकले दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च स्थापना गरेको जनाएको छ।

बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतीक्षा बेन्च स्थापना गरिएको हो । कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने बेन्च स्थापना गरेकोमा बैंकलाई धन्यवाद दिँदै यसबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको बताए । स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न सामाजिक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit