Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई केजीएचका होटलमा ३० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई केजीएचका होटलमा ३० प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले भएको सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंस्थित माया मनोर बुटिक होटल तथा पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। त्यस्तै, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।

छुट तथा सुविधा लिन ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ। साथै, मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि उक्त सुविधा प्राप्त गर्न सकिनेछ। बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार ग्राहकलाई थप वित्तीय तथा अन्य सेवा उपलब्ध गराउने उद्देश्यअन्तर्गत आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने कर्जा सुविधा समेत सञ्चालनमा ल्याइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit