Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

च्याम्पियन ट्रफी लिएर आधार शिविरसम्म पुग्यो अन्नपूर्ण स्पाइकर्स

च्याम्पियन ट्रफी लिएर आधार शिविरसम्म पुग्यो अन्नपूर्ण स्पाइकर्स
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो व्यावसायिक पुरुष भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका विजेता अन्नपूर्ण स्पाइकर्सले च्याम्पियन ट्रफीसहित ‘गौरवको यात्रा’ सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एस्ट्रम इनर्जी ड्रिङ्क्सको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरमार्फत अन्नपूर्ण स्पाइकर्सले च्याम्पियन ट्रफीलाई गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानमा पुर्‍याउँदै समर्थक, खेलप्रेमी र स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गरेको हो।

नेपालको भलिबल इतिहासमा हासिल भएको उपलब्धिलाई देशका विभिन्न स्थानका समर्थकमाझ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त अभियानमा खेलाडी तथा ट्रफीलाई अन्नपूर्ण आधार शिविरसम्म लगिएको थियो। अभियानका क्रममा विभिन्न स्थानमा विशेष कार्यक्रम तथा भेटघाट आयोजना गरिएको जनाइएको छ।

एस्ट्रम इनर्जी ड्रिङ्क्सले अभियानमार्फत नेपाली भलिबलप्रतिको उत्साह, खेलाडीको उपलब्धि र खेल संस्कृतिलाई थप प्रवर्द्धन गर्ने प्रयास गरिएको जनाएको छ। च्याम्पियन ट्रफीलाई समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले ट्रफी टुर आयोजना गरिएको थियो।

नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको थियो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर्ससहित काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाडर्स गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर्सले कर्णाली शिवराजलाई सोझो सेटमा ३–० ले पराजित गर्दै एनभीएलको पहिलो संस्करणको च्याम्पियन बनेको थियो। अन्नपूर्णले फाइनलमा २५–१५, २५–२० र २५–१८ को सेटमा जित हात पारेको थियो। च्याम्पियन बनेसँगै अन्नपूर्ण स्पाइकर्सले पहिलो एनभीएल उपाधिसहित २० लाख रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit