Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता, लाइसेन्सलाई सहज बनाइने

हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता, लाइसेन्सलाई सहज बनाइने
विज्ञापन
Advertisement

काठमाडाै। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताले लाइसेन्सको डाटा प्रवाहदेखि छपाइ तथा सेवाग्राहीसम्म पुर्‍याउने प्रक्रियालाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ। सोही डाटाका आधारमा सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ हुनेछ।

छपाइपछि तयार भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने तथा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्‍याउने कार्यलाई हुलाक सेवामार्फत व्यवस्थित गरिनेछ।

लाइसेन्स छपाइका लागि छुट्टै डाटा संकलन तथा पठाउने प्रक्रियालाई घटाउँदै बाटै सुरक्षण मुद्रण केन्द्रमा डाटा पुग्ने भएपछि छपाइ प्रक्रिया पनि सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित कार्यालयबाट लिनुपर्ने वा आफूले चाहेको ठेगानामा प्राप्त गर्न सक्ने व्यवस्था थप व्यवस्थित बनाउन सम्झौता महत्वपूर्ण मानिएको छ।

सरकारले लाइसेन्स वितरणमा देखिँदै आएको ढिलाइ तथा सेवाग्राहीले भोग्दै आएका झन्झट कम गर्ने उद्देश्यले प्रविधि र हुलाक सेवाको प्रयोगलाई जोड दिएको हो। सम्झौतापछि लाइसेन्स उत्पादन र वितरणबीचको समन्वय सुधार हुने तथा सेवाग्राहीले समयमै लाइसेन्स प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit