Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

होण्डाको चाडपर्व लक्षित अफरमा नयाँ कार किन्दा १० लाखसम्म छुट घोषणा

होण्डाको चाडपर्व लक्षित अफरमा नयाँ कार किन्दा १० लाखसम्म छुट घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। नेपालीहरुको महान् चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ‘फेस्टिभ अफर होण्डाको सफर’ नामक योजना ल्याउँदै नयाँ होण्डा कार खरिदमा ग्राहकलाई १० लाख रुपैयाँसम्म नगद छुट दिने जनाएको छ। यो योजना आजदेखि नोभेम्बर १६, सम्म देशभरका होण्डा कार शोरुममा लागू हुने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत नयाँ कार खरिद गर्ने ग्राहकले एक आर्थिक वर्षको सडक कर र पूर्ण बीमा निःशुल्क प्राप्त गर्नेछन्। त्यस्तै, ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता उपलब्ध गराइने कम्पनीले जनाएको छ।

पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन–द–स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ। नयाँ गाडी खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा सहज वित्तीय सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘ड्राइभ अ ब्राइटर टुमोरो’ नाराका साथ ल्याइएको योजनामा होण्डाका सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी लगायतका मोडल समावेश छन्। कम्पनीले योजनाअन्तर्गत कार खरिद गर्दा निश्चित नियम तथा सर्त लागू हुने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit