Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

तलब, भत्ता र बोनसमा माछापुच्छ्रे बैंकका उच्च अधिकारीलाई करोडौँ खर्च, सीईओले बुझे १.८२ करोड

तलब, भत्ता र बोनसमा माछापुच्छ्रे बैंकका उच्च अधिकारीलाई करोडौँ खर्च, सीईओले बुझे १.८२ करोड
विज्ञापन
Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले गत आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, सुविधा र बोनससहित कुल १ करोड ८२ लाख ९१ हजार रुपैयाँ पारिश्रमिक तथा सुविधा बुझेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले असोज २८ गते आयोजना गर्न लागेको २८औँ वार्षिक साधारणसभाका लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार कोइरालाले तलबबापत ७४ लाख १६ हजार, भत्ताबापत ७० लाख ६ हजार, अन्य सुविधाबापत ७ लाख ४२ हजार र बोनसबापत ३१ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको उल्लेख छ । उक्त रकम करअघिको आय हो।

यस्तै, बैंकले नायब प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकसहित उच्च व्यवस्थापनका पदाधिकारीको पारिश्रमिक तथा सुविधामा एक वर्षमा २४ करोड ११ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ । उनीहरूलाई तलबबापत ६ करोड ९१ लाख ८५ हजार, भत्ताबापत १३ करोड ७ लाख ८७ हजार, अन्य सुविधाबापत १ करोड २८ लाख ३५ हजार र कार्यसम्पादन बोनसबापत २ करोड ८३ लाख ८ हजार रुपैयाँ वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

बैंकका अनुसार अन्य सुविधामा कर्मचारी सञ्चय कोष, बिमा, घर बिदा तथा सञ्चित बिदाबापतको रकमलगायत सुविधा समावेश छन्। उच्च व्यवस्थापकलाई नियमानुसार सहुलियतपूर्ण कर्जासापट तथा अन्य सुविधा उपलब्ध गराइएको पनि बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit