Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

इन्फोडेभलपर्सले सार्वजनिक गर्‍यो नयाँ ग्राहक पहिचान तथा प्रमाणीकरण प्रणाली ‘भेरिक्स’

इन्फोडेभलपर्सले सार्वजनिक गर्‍यो नयाँ ग्राहक पहिचान तथा प्रमाणीकरण प्रणाली ‘भेरिक्स’
विज्ञापन
Advertisement

काठमाडौं । इन्फोडेभलपर्स प्रा।लि।ले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो चरणअन्तर्गत ग्राहक पहिचान तथा प्रमाणीकरणसम्बन्धी नयाँ प्रविधि ‘भेरिक्स’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको प्रदर्शनीमा सार्वजनिक गरिएको भेरिक्सले बैंक तथा वित्तीय संस्था, सहकारी र अन्य व्यावसायिक संस्थाहरूलाई ग्राहक आबद्धता, ग्राहक पहिचान तथा नियामकीय अनुपालनसम्बन्धी प्रक्रिया एकीकृत र व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

भेरिक्समा अनलाइन खाता खोल्ने, डिजिटल माध्यमबाट ग्राहक पहिचान गर्ने, भिडियोमार्फत ग्राहक प्रमाणीकरण गर्ने, व्यावसायिक संस्थाको पहिचान तथा प्रमाणीकरण गर्ने, सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँच गर्ने, जोखिम मूल्याङ्कन गर्ने तथा कार्यप्रवाह व्यवस्थापन गर्ने सुविधाहरू समावेश छन्।

यी सुविधामार्फत संस्थाहरूले ग्राहकको पहिचान तथा प्रमाणीकरण, जोखिम मूल्याङ्कन र नियामकीय व्यवस्थाको पालना गर्नुपर्ने प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन सक्नेछन्। ग्राहक आबद्धतादेखि पहिचान तथा प्रमाणीकरणसम्मका विभिन्न चरणलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिने भएकाले यसले संस्थाहरूको कार्यप्रक्रिया सरल बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, विभिन्न प्रणाली तथा सेवासँग जोडेर सञ्चालन गर्न सकिने सुविधाले ग्राहकसम्बन्धी आवश्यक जानकारीको व्यवस्थापन र प्रमाणीकरण प्रक्रियालाई थप सहज बनाउने कम्पनीको भनाइ छ।

इन्फोडेभलपर्सका अनुसार वित्तीय तथा व्यावसायिक क्षेत्रमा प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा सुरक्षित ग्राहक व्यवस्थापन, प्रभावकारी पहिचान तथा प्रमाणीकरण र नियामकीय व्यवस्थाको पालना गर्ने आवश्यकता पनि बढ्दै गएको छ। यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले भेरिक्स विकास गरिएको कम्पनीले जनाएको छ।

प्रदर्शनीमा सहभागी ग्राहक तथा आगन्तुकहरूले एफ–३ नम्बरको प्रदर्शनी कक्षमा पुगेर भेरिक्सका सुविधाबारे जानकारी लिनुका साथै यसको परीक्षणका लागि बुकिङ गर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit