Advertisement
Advertisement
Corporate Samachar
१२ कार्तिक २०८३, बुधबार
Advertisement
Advertisement

सलिको गल्फ प्रतियोगिता शनिबार, होल इन वान गर्ने खेलाडीले टाटा नेक्सन कार जित्ने

सलिको गल्फ प्रतियोगिता शनिबार, होल इन वान गर्ने खेलाडीले टाटा नेक्सन कार जित्ने
विज्ञापन
Advertisement

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा ‘सलिको गल्फ प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कात्तिक १५ गते आयोजना हुने प्रतियोगितामा करिब १०० जना एमेच्योर गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । प्रतियोगितामा मुख्यतः नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिपस्तरको गल्फ कोर्समा हुने प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष विजेता, उपविजेता, उत्कृष्ट ग्रस स्कोर, महिला विजेता तथा उपविजेता, ६० वर्ष वा सोभन्दा माथिका खेलाडीमध्ये वरिष्ठ विजेता र ७० वर्ष वा सोभन्दा माथिका खेलाडीमध्ये अति वरिष्ठ विजेता छनोट गरिनेछ।

त्यस्तै, सबैभन्दा बढी बर्डी गर्ने खेलाडी, होलको नजिक बल पुर्‍याउने खेलाडी, सबैभन्दा लामो प्रहार गर्ने खेलाडी तथा ‘सलिकोका ३० वर्षको विश्वास’ विधामा समेत पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । प्रतियोगिताको प्रमुख आकर्षणका रूपमा दसौँ होलमा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन कार जित्ने अवसर पाउनेछन्। एउटै प्रहारमा बललाई होलभित्र पुर्‍याउने खेलाडीलाई होल इन वान भनिन्छ। यस पुरस्कारले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा आयोजकले गरेको छ ।

प्रतियोगिताबारे जानकारी दिँदै सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरोकारवाला तथा समग्र कर्पोरेट समुदायसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने प्रयासस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको बताए । यो प्रतियोगिता प्रतिस्पर्धामा मात्र सीमित नरही आपसी सद्भाव बढाउने, व्यावसायिक सम्बन्ध सुदृढ बनाउने तथा इमानदारी, खेल भावना र पारस्परिक सम्मानजस्ता साझा मूल्यका माध्यमबाट मानिसहरूलाई जोड्ने महत्वपूर्ण अवसर समेत रहेको उनको भनाइ छ। क्षेत्रीका अनुसार प्रतियोगिताले व्यावसायिक कारोबारभन्दा बाहिर रहेर पनि सरोकारवालासँग सम्बन्ध विस्तार गर्ने, विश्वास बढाउने र दीर्घकालीन साझेदारीलाई मजबुत बनाउने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।

नेपालमा तीन दशकदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको सलिकोले ग्राहक सेवा, जोखिम संरक्षण र नवीनतालाई प्राथमिकतामा राख्दै आएको छ। कम्पनीले खेलकुदका माध्यमबाट सरोकारवालाबीच भेटघाट, संवाद, सहकार्य र दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit