Advertisement
Advertisement
Corporate Samachar
३० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

एनपिएलः चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

एनपिएलः चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित
क्रिकेट प्रतियोगिता हेर्न आएका दर्शक काठमाडौँ, १६ कात्तिकः नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी कर्णाली याक्स र काठमाडौं गोर्खाजबीचको खेल हेर्न आएका दर्शक। तस्बिरः लोकेश धामी÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ । यस प्रतियोगितामा उसको यो दोस्रो जित हो ।

विज्ञापन
Advertisement
Advertisement

सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । आज भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव चार ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रनको पारी खेले । यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजित रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए ।

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एकरएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

उसका लागि रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५र१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एकरएक विकेट लिए । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित दर्ता गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit