Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

एकडाराका १९६ परिवारलाई जग्गाको कानुनी स्वामित्व, एक दशकको प्रतीक्षापछि हातहातमा लालपुर्जा

एकडाराका १९६ परिवारलाई जग्गाको कानुनी स्वामित्व, एक दशकको प्रतीक्षापछि हातहातमा लालपुर्जा
विज्ञापन
Advertisement

महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रमाणको प्रतीक्षामा रहेका स्थानीय परिवारले अन्ततः आफ्नो जग्गाको आधिकारिक स्वामित्व पाएका हुन्। साविक एकडारा गाविसका वडा नम्बर ५, ७, ८ र ९ अन्तर्गत पर्ने उक्त क्षेत्रका स्ववासी परिवारलाई नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको जनाइएको छ।

उक्त क्षेत्रको जग्गा नापजाँच तथा नक्साङ्कनको काम २०७३ सालमै सम्पन्न भएको थियो। तर नापजाँच पूरा भए पनि विभिन्न कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहँदा जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको थिएन। फलस्वरूप स्थानीय बासिन्दाले वर्षौंदेखि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने कागजात पाउन सकेका थिएनन्।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १९६ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका हुन्। यससँगै पुस्तौँदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। लालपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गाको कारोबार, हस्तान्तरण तथा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भविष्यमा हुन सक्ने भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहयोग पुग्नेछ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit