Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सीएनआईका पदाधिकारी अग्रणी करदाता बनेपछि विनोद चौधरीले भने– ‘कुनै बेलाको सपना आज साकार हुँदैछ’

सीएनआईका पदाधिकारी अग्रणी करदाता बनेपछि विनोद चौधरीले भने– ‘कुनै बेलाको सपना आज साकार हुँदैछ’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का संस्थापक अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले सीएनआईका पदाधिकारीहरू देशका अग्रणी करदाताका रूपमा सम्मानित भएकोमा खुसी व्यक्त गरेका छन् । उनले यसलाई आफूले सीएनआई स्थापना गर्दा देखेको सपना साकार हुँदै गएको क्षणका रूपमा व्याख्या गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा सीएनआईका पदाधिकारीहरू सम्मानित भएपछि चौधरीले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गरेका हुन् । सीएनआईका पदाधिकारीहरूको तस्बिर सार्वजनिक गर्दै उनले परिसंघ स्थापनाका सुरुवाती दिनहरूको स्मरण गरेका छन् । त्यतिबेला आफूले देशमा सबैभन्दा बढी कर तिर्ने, धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र उद्यमशीलतामार्फत नेपाललाई विश्वभर चिनाउने उद्योगी–व्यवसायीहरूको साझा संस्था बनाउने परिकल्पना गरेको उनले बताएका छन् ।

‘देशमा सबैभन्दा बढी कर तिर्ने, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने र उद्यमशीलताका माध्यमबाट मुलुकलाई विश्वभर चिनाउने उद्योगी–व्यवसायीहरूको साझा संस्था सीएनआई बन्नुपर्छ भनेर मैले यसको स्थापना गरेको थिएँ,’ चौधरीले लेखेका छन् । आफ्नो परिकल्पनालाई व्यवहारमा उतार्न सीएनआई स्थापनाका लागि निकै संघर्ष गर्नुपरेको पनि उनले स्मरण गरेका छन् । स्थापनाकालमा देखेको उद्देश्यअनुसार आज परिसंघका पदाधिकारीहरू देशका अग्रणी करदाताका रूपमा सम्मानित भएको देख्दा आफूलाई विशेष सन्तोष मिलेको उनको भनाइ छ ।

‘आज राष्ट्रिय कर दिवसको अवसरमा सीएनआईका पदाधिकारीहरू देशका अग्रणी करदाताका रूपमा अगाडि उभिएका तस्बिरहरू सामाजिक सञ्जालमा देख्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। कुनै बेला आफूले देखेको सपना आज कताकता साकार भएको हो कि भन्ने अनुभूति भइरहेको छ । यो मेरा लागि अत्यन्तै सन्तोष र खुसीको क्षण हो,’ उनले उल्लेख गरेका छन्।

चौधरीले राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित हुने सम्पूर्ण उद्योगी मित्रहरूलाई बधाई दिँदै करमार्फत मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने व्यवसायीहरूको भूमिकाको समेत प्रशंसा गरेका छन् । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८३ मनाएको हो । दिवसका अवसरमा विभिन्न क्षेत्रका अग्रणी १९ करदाता तथा संस्थालाई सम्मान गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit