Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
बलिङ गर्दै कर्णाली याक्सका खेलाडी काठमाडौँ, २६ कात्तिकः नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्दै कर्णाली याक्सका खेलाडी । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान यस खेलमा कर्णालीले लुम्बिनीलाई १ सय ६ रनको लक्ष्य दिएको छ । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल० टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।

लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । कर्णालीले छ खेल खेल्दा चारमा हार र दुईमा मात्र जित निकालेको छ । उसको चार अङ्क मात्र छ । यस्तै लुम्बिनी छ खेलमा चारमा जित र एकमा हारसहित ९ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit