Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

इनर्जी ड्रिङ्कको बिर्कोले दिलायो मोटरसाइकल र स्कुटर, विजेताले बुझे पुरस्कार

इनर्जी ड्रिङ्कको बिर्कोले दिलायो मोटरसाइकल र स्कुटर, विजेताले बुझे पुरस्कार
विज्ञापन
Advertisement

काठमाडौं । सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटरको मालिक बनाएको छ। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत भाग्यशाली विजेताले पुरस्कार पाउन थालेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जनालाई तीन मोटरसाइकल र एउटा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल बुझेका छन् ।

विजेताहरूले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुनु अप्रत्याशित र विशेष खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् । कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ । म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत पुरस्कार जित्न सकिने यस अभियानलाई एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेका एक्सट्रिम फ्यानजोनमार्फत पनि प्रवर्द्धन गर्दै आएको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit