Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई युवती पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं। रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २६ गते राति करिब १२ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit