Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

१५ करोड घाटाबाट ४ करोड नाफामा फर्कियो शिखर इन्स्योरेन्स

१५ करोड घाटाबाट ४ करोड नाफामा फर्कियो शिखर इन्स्योरेन्स
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किन सफल भएको छ। कम्पनीले असोज मसान्तसम्म ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो। एक वर्षको समीक्षा अवधिमै घाटाबाट नाफामा फर्किनुले कम्पनीको वित्तीय नतिजामा उल्लेख्य सुधार आएको देखाउँछ।नाफामा सुधारसँगै कम्पनीको व्यवसाय विस्तार र आम्दानीका सूचकमा समेत सकारात्मक परिवर्तन देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ९० लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १७.३३ प्रतिशतले बढेर ६३ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १३.७९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ७ लाख ८६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३३ करोड ८ लाख ९३ हजार रुपैयाँ संकलन गरेको हो। कम्पनीको कुल बीमाशुल्क आर्जन पनि ९.९१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ९० करोड ६८ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ९९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको खुद दाबी भुक्तानी खर्चमा समेत उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षको सोही अवधिमा ४०.५९ प्रतिशतले घटेर ३४ करोड ४ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीले दीर्घकालीन लगानीसमेत विस्तार गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको दीर्घकालीन लगानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर २ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको अल्पकालीन लगानी २ अर्ब ६४ करोड २८ लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ रहेको छ। कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।

नाफामा भएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको वार्षिकीकृत ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा ५ रुपैयाँ ३० पैसा कायम भएको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०१.८२ गुणा रहेको छ। समग्रमा, शिखर इन्स्योरेन्सको पहिलो त्रैमासिक वित्तीय विवरणले नाफामा पुनरागमनसँगै बीमाशुल्क आर्जन, कुल आम्दानी र लगानी विस्तारमा सुधार देखाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit