Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

प्रभु इन्स्योरेन्सको खुद नाफा साढे ६ करोड, बीमाशुल्क आर्जनमा ४७ प्रतिशतको वृद्धि

प्रभु इन्स्योरेन्सको खुद नाफा साढे ६ करोड, बीमाशुल्क आर्जनमा ४७ प्रतिशतको वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा र बीमाशुल्क आर्जन दुवैमा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसअनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा ५.८० प्रतिशतले बढेको हो। कम्पनीको बीमाशुल्क आर्जनमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ३५ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २९ करोड ६८ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन १८.५१ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आम्दानी ४७.२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आम्दानी चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको बीमा कोषको आकार पनि विस्तार भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १६ करोड ४० लाख रुपैयाँ रहेको बीमा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ३ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यसमा २१.८० प्रतिशतको वृद्धि भएको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा विशेष जगेडा कोषमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ६६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ। यद्यपि, कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने केही घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १४ रुपैयाँ ८५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर १४ रुपैयाँ ४५ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात ४१.१७ गुणा रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit