Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

४७.१ मेगावाटको गुरास हाइड्रो आयोजना निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न

४७.१ मेगावाटको गुरास हाइड्रो आयोजना निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न
विज्ञापन
Advertisement

संखुवासभा । ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो आयोजना निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। आयोजना निर्माणलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ। आयोजना निर्माणमा प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय, नेपाल प्रहरी तथा नेपाली सेनासहित करिब ७०० जना संलग्न रहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आयोजनाको शेयर हस्तान्तरण कार्यक्रममा अध्यक्ष घिमिरेले गुरास हाइड्रो आयोजना स्थानीय क्षेत्रको विकाससँगै समग्र देशको ऊर्जा विकासका लागि महत्वपूर्ण रहेको बताए। उनले आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय तथा सरोकारवाला निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहयोग र सहकार्यले आयोजना निर्माणलाई अघि बढाउन सहज भएको बताए।

आयोजना निर्माणले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याएको छ। निर्माण कार्यमा ठूलो संख्यामा जनशक्ति परिचालन हुँदा स्थानीय बासिन्दाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी र आर्थिक लाभ प्राप्त गर्ने अवसर पाएका छन्।

५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले बाँकी कामलाई थप तीव्रता दिँदै निर्धारित लक्ष्यअनुसार विद्युत् उत्पादन गर्ने दिशामा काम अघि बढाइरहेको छ।

आयोजना सञ्चालनमा आएपछि संखुवासभा र भोजपुर जिल्लाको ऊर्जा विकास, स्थानीय अर्थतन्त्रको विस्तार तथा राष्ट्रिय विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit