Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

भोटेकोशी बाढीपछि त्रिभुवन त्रिशूली क्याम्पसका ३२ कक्षाकोठामा पुनः सञ्चालनमा ल्याउन एनसेलले सहयोग गर्ने

भोटेकोशी बाढीपछि त्रिभुवन त्रिशूली क्याम्पसका ३२ कक्षाकोठामा पुनः सञ्चालनमा ल्याउन एनसेलले सहयोग गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण पठनपाठन ठप्प भएको नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस पुनः सञ्चालनमा आउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बाढीबाट क्षतिग्रस्त क्याम्पसको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न एनसेल फाउन्डेसनले आवश्यक भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ। गत भदौमा आएको बाढीले क्याम्पसका संरचनामा व्यापक क्षति पुर्‍याएपछि ३०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो। विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्काउने उद्देश्यसहित एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग सहकार्य गर्दै सहयोगको प्रक्रिया अघि बढाएको हो।

यससम्बन्धी समझदारीपत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले नगरपालिका कार्यालयमा हस्ताक्षर गरेका छन्। समझदारीअनुसार एनसेल फाउन्डेसनले नियमित पठनपाठन सञ्चालनका लागि क्याम्पसका ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्नेछ। त्यसैगरी, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत शैक्षिक सामग्री तथा सुविधासमेत उपलब्ध गराइनेछ। यस सहयोगबाट बाढीका कारण प्रभावित विद्यार्थीलाई सहज अध्ययन वातावरणमा पुनः फर्काउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

समझदारी हस्ताक्षरपछि मेयर श्रेष्ठले क्याम्पसको पठनपाठन पुनः सञ्चालनका लागि आवश्यक पूर्वाधार सहयोग गर्न लागेको एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरे। उनले भने, ‘हाम्रो क्याम्पसको कक्षा सञ्चालनका लागि अति आवश्यक शैक्षिक पूर्वाधारहरू सहयोग गर्नुभएकोमा हामी एनसेल फाउन्डेसनप्रति धेरै आभारी छौँ। यो सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै हामी नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न सँगै काम गर्न चाहन्छौँ।’

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको एनसेल फाउन्डेसनले बाढी प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरूको आवश्यकता पहिचान गरी सहयोग विस्तार गर्ने जनाएको छ। एनसेल फाउन्डेसनकी निर्देशक खड्काले प्रभावित समुदायको वास्तविक आवश्यकता बुझेर स्थानीय निकायसँगको सहकार्यमा सहयोग अघि बढाइने बताइन्। ‘हामी बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध छौँ। यस्ता कार्यका लागि प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। प्रभावित स्थलमै गएर स्थानीय समुदाय र निकायहरूसँग हातेमालो गरेर काम गर्नुपर्छ। विदुर नगरपालिकासँगको यो सहकार्य हाम्रो पहलको सुरुवात मात्र हो। हामी स्थानीय साझेदारहरूसँग मिलेर अन्य विद्यालय तथा क्याम्पसहरूको पहिचान गरी सहयोग गर्नेछौँ,’ उनले भनिन्।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। तत्कालीन राहत सहयोगपछि अहिले भने प्रभावित क्षेत्रका विद्यालय, क्याम्पस तथा विद्यार्थीको शैक्षिक निरन्तरतालाई प्राथमिकतामा राखेर सहयोग विस्तार गर्न थालिएको हो। यस अभियानको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ। एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन, नगरपालिका तथा स्थानीय समुदायको सहकार्यमा प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरूको आवश्यकता मूल्याङ्कन गरिनेछ। सोही मूल्याङ्कनका आधारमा पठनपाठन पुनः सञ्चालन गर्न वा त्यसलाई निरन्तरता दिन थप सहयोग आवश्यक रहेका विद्यालय तथा क्याम्पस पहिचान गरी सहयोग विस्तार गरिने एनसेल फाउन्डेसनले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit