Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

तीन दिनमै तीन चिनियाँ पक्राउ, एक सातापछि फेरि दुई महिला दुई किलो बढी अर्धठोस सुनसहित समातिए

तीन दिनमै तीन चिनियाँ पक्राउ, एक सातापछि फेरि दुई महिला दुई किलो बढी अर्धठोस सुनसहित समातिए
विज्ञापन
Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शरीरभित्र सुन लुकाएर ल्याएका दुई चिनियाँ महिला पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई किलो ३४८ ग्राम सुन जस्तो पहेँलो अर्धठोस पदार्थ बरामद भएको छ। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत काठमाडौं आएका उनीहरूलाई विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार लिन लिनाले पाँचवटा गोलाकार टुक्रामा एक किलो ३४० ग्राम र लिन सिनपिङले तीनवटा टुक्रामा एक किलो सुन लुकाएर ल्याएकी थिइन् । दुवैले प्लास्टिकमा बेरेर मलद्वार र भित्री वस्त्रमा लुकाएको अवस्थामा सुन फेला परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरू आठ गते राति काठमाडौं आइपुगेका थिए। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दा शरीरभित्र लुकाइएको अर्धठोस अवस्थाको सुन फेला परेको विमानस्थल प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् । बरामद सुनसहित दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर २ गते (नोभेम्बर १८) मात्रै विमानस्थलबाट दुई चिनियाँ पुरुष सुनसहित पक्राउ परेका थिए। चीनको जिलिनका ५८ वर्षीय जियानह्वा वाङ हङकङ हुँदै नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौं आएका थिए। उनको मलद्वारभित्र लुकाइएको अवस्थामा एक किलो ८०३.७७ ग्राम सुनजस्तो अर्धठोसपदार्थ बरामद भएको थियो।

त्यही दिन दुबईबाट हिमालयन एयरलाइन्सको विमानमार्फत आएका अर्का चिनियाँ नागरिक बिनबिन लि पनि पक्राउ परेका थिए। उनले हातमा बोकेको ज्याकेटको खल्तीमा लुकाएर ल्याएको एक किलो ६०५ ग्राम सुन फेला परेको थियो। यसअघि नोभेम्बर १६ मा पनि ६३५.९६ ग्राम सुनजस्तो पदार्थसहित अर्का चिनियाँ नागरिक पक्राउ परेका थिए। यसरी नोभेम्बर १६ देखि १८ सम्मको तीन दिनभित्रै तीन चिनियाँ नागरिक विमानस्थलबाट सुनजस्तो पदार्थसहित पक्राउ परेका थिए। त्यसको एक सातापछि फेरि दुई चिनियाँ महिला शरीरभित्रै सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेपछि विमानस्थलमार्फत भइरहेको सुन तस्करीको शैली र सञ्जालबारे थप प्रश्न उठेको छ। बरामद पदार्थसहित दुवै महिलालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाउने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit