Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा २० प्रतिशतसम्म सेवा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा २० प्रतिशतसम्म सेवा छुट
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबाट स्वास्थ्य उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएमरडेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध गराइने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

त्यस्तै, बैंकले मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई सहुलियतपूर्ण ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने भएको छ । बैंकले उनीहरूलाई प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जालगायतका बैंकिङ सुविधा प्रदान गर्नेछ । यो सम्झौतासँगै बैंकका ग्राहक तथा कर्मचारीले सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भने अस्पतालका कर्मचारीले सहज र प्राथमिकतायुक्त बैंकिङ सेवा उपयोग गर्न पाउनेछन् ।

दुवै संस्थाबीचको सहकार्यले स्वास्थ्य र वित्तीय सेवाबीचको सम्बन्धलाई थप विस्तार गर्नुका साथै ग्राहक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने बैंकले विश्वास लिएको छ । बैंकका अनुसार यस समझदारीले संस्थागत सम्बन्ध सुदृढ गर्नुका साथै सेवा प्रवाहमा सहजता, ग्राहक सन्तुष्टि र पारस्परिक लाभ अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit