काठमाडौं । डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएको हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसाबाट दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो।
बैंकले आफ्नो व्यावसायिक यात्राकै उच्च एक्वायरर कारोबार रेकर्ड कायम गर्न सफल भएको उपलब्धिको कदरस्वरूप यी अवार्ड प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार डिजिटल भुक्तानी प्रणालीको विस्तार, कार्ड कारोबारको प्रवर्द्धन तथा भुक्तानी सेवाको गुणस्तर अभिवृद्धिमा बैंकले हासिल गरेको सफलतालाई भिसाले सम्मान गरेको हो। विशेषगरी कन्ट्याक्टलेस भुक्तानी र पीओएसमार्फत हुने कारोबारमा बैंकले देखाएको उत्कृष्ट प्रदर्शनलाई यी अवार्डले प्रतिबिम्बित गरेका छन्। पछिल्लो समय नगदरहित कारोबारप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला बैंकले भुक्तानी पूर्वाधार विस्तार र प्रविधिमैत्री सेवा प्रवाहमा हासिल गरेको प्रगतिलाई यस उपलब्धिले थप स्थापित गरेको बैंकले जनाएको छ।
भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन मिलेको बैंकको भनाइ छ। यसले आगामी दिनमा अझ गुणस्तरीय, सहज र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बैंकले जनाएको छ। ग्राहकलाई देशभरबाट सहज बैंकिङ पहुँच उपलब्ध गराउने उद्देश्यसहित हिमालयन बैंकले आफ्नो सेवा सञ्जालसमेत विस्तार गर्दै आएको छ। हाल बैंकले देशभरका १५७ शाखा कार्यालय र ११ विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको छ। त्यसैगरी, बैंकका २७९ एटीएम, ९ हजारभन्दा बढी पीओएस टर्मिनल तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्र सञ्चालनमा छन्।















प्रतिक्रिया दिनुहोस्