Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

रुपन्देहीमा बेनकार्डोको प्रिमियम रिटेल विस्तार, देवदहमा खुल्यो नयाँ बिक्री केन्द्र

रुपन्देहीमा बेनकार्डोको प्रिमियम रिटेल विस्तार, देवदहमा खुल्यो नयाँ बिक्री केन्द्र
विज्ञापन
Advertisement

रुपन्देही । प्रिमियम घरायसी तथा बाथरुम सामग्रीको बजार विस्तार गर्ने अभियानलाई तीव्रता दिँदै बेनकार्डोले रुपन्देहीको देवदह खैरेनीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले श्री राधा कृष्ण मार्बल्स एण्ड स्यानिटरी सप्लायर्समा आफ्नो नयाँ ‘बेनस्टाइल सप–इन–सप’ (एसआईएस) आउटलेटको मंगलबार उद्घाटन गरेको हो। श्री कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा स्थापना गरिएको उक्त आउटलेटले स्थानीय ग्राहकलाई बेनकार्डोका प्रिमियम बाथवेयर, सेनेटरीवेयर तथा घरायसी समाधानसम्बन्धी उत्पादन सहज रूपमा उपलब्ध गराउनेछ। कम्पनीका अनुसार नयाँ आउटलेटमा आधुनिक घरको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै विभिन्न उत्पादन राखिएका छन्। ग्राहकले यहाँ बाथवेयर तथा सेनेटरीवेयरका अतिरिक्त किचन चिम्नी, ग्यास हब, इन्डक्सन कुकटप र किचन सिंकलगायत आधुनिक भान्सामा प्रयोग हुने सामग्री अवलोकन तथा खरिद गर्न सक्नेछन्।

बेनकार्डोले ‘बेनस्टाइल एसआईएस’ कार्यक्रमलाई आफ्नो प्रिमियम खुद्रा बजार विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाएको छ। कम्पनीका अनुसार यस कार्यक्रममार्फत ग्राहकलाई एउटै स्थानबाट गुणस्तरीय उत्पादन छनोट र खरिद गर्ने सहज वातावरण उपलब्ध गराउनुका साथै स्थानीय बिक्रेतासँगको साझेदारीलाई पनि बलियो बनाउने कम्पनीको लक्ष्य छ। नयाँ आउटलेटको सञ्चालनसँगै देवदह तथा आसपासका क्षेत्रका ग्राहकले बेनकार्डोका आधुनिक र प्रिमियम घरायसी उत्पादनमा सहज पहुँच पाउने अपेक्षा गरिएको छ। ‘बेनस्टाइल’को मूल अवधारणा नै साझेदारीमार्फत प्रिमियम खुद्रा खरिद अनुभव निर्माण गर्नु हो। कम्पनीले सोही अनुसार ‘सँगै मिलेर प्रिमियम खुद्रा अनुभव निर्माण गरौँ’ भन्ने नारासहित आफ्नो बजार उपस्थिति विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit