Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

कान्तिपुर फर्मास्युटिकल्सको ८ लाख ९० हजार कित्ता आईपीओ निष्कासन, कहाँबाट कसरी दिने आवेदन ?

कान्तिपुर फर्मास्युटिकल्सको ८ लाख ९० हजार कित्ता आईपीओ निष्कासन, कहाँबाट कसरी दिने आवेदन ?
विज्ञापन
Advertisement

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ८ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर जारी गरेको हो। निष्कासनमध्ये काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता छुट्याइएको छ। कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल १७ लाख कित्ता अर्थात् १७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतबराबरको शेयर छुट्याइएको कम्पनीले जनाएको हो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण समूहमा छुट्याइएको शेयरको १० प्रतिशत छुट्याइएको छ।

कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन बन्द हुने प्रारम्भिक मिति मंसिर २४ गते तोकिएको छ। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस १३ गतेसम्म लम्बिनेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १५ गतेसम्म आवेदन दिने समय तोकिएको छ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा उक्त समूहका लागि पनि निष्कासन अवधि मंसिर २४ गतेसम्म थपिनेछ।

कहाँबाट र कसरी दिने आवेदन ?

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले आवेदन फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था र रेटिङ ?

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर–एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। केयर रेटिङ्स नेपालको मूल्यांकनअनुसार कम्पनीको सञ्चालन चक्र लामो हुनु, कार्यशील पुँजीमा बढी लगानी आवश्यक पर्नु, औषधि उद्योगमा प्रतिस्पर्धा तथा नियामकीय जोखिम रहनु कम्पनीका चुनौती हुन्। अर्कोतर्फ, कम्पनीको व्यवसाय विस्तार, विविध उत्पादन तथा वितरण सञ्जाललाई सकारात्मक पक्षका रूपमा औंल्याइएको छ।

कम्पनीको आर्थिक वर्ष २०८२र८३ सम्मको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २४ पैसा रहेको छ। कम्पनीको सञ्चित नाफा २३ करोड १३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। कम्पनीले आईपीओबाट प्राप्त हुने रकम ऋण भुक्तानी तथा मेसिनरी खरिदलगायतका प्रयोजनमा उपयोग गर्ने जनाएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी शेयर निष्कासन गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit