Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

पीपीएको प्रतीक्षामा १६ हजार मेगावाटका आयोजना, सरकार नयाँ ऊर्जा मिश्रण ढाँचा बनाएर पीपीए गर्ने तयारीमा

पीपीएको प्रतीक्षामा १६ हजार मेगावाटका आयोजना, सरकार नयाँ ऊर्जा मिश्रण ढाँचा बनाएर पीपीए गर्ने तयारीमा
सांकेतिक तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्का विभिन्न प्रकारसँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो। नयाँ ढाँचा बनेपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता(पीपीए) प्रक्रिया खुल्ने मन्त्रालयले जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ ऊर्जा मिश्रणमा नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य र वायु ऊर्जाको अनुपात निर्धारण गरिनेछ। यसले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ। हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट छ। उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट प्राप्त हुँदै आएको छ। वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने अवस्थालाई सन्तुलित बनाउन ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ।

यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले १ हजार ५०० मेगावाटसम्मका यस्ता आयोजनाको पीपीए स्वीकृत गरेको थियो। तर गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भयो। त्यसपछि नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ।

प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३.४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाटको पीपीए भइसकेको छ। तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन्। पीपीए नहुँदा आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनमा समस्या हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई लगानीको प्रमुख आधार मानिन्छ। नयाँ ऊर्जा मिश्रणले पीपीए प्रक्रिया अघि बढाउन र निजी क्षेत्रको लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ ढाँचामा जलाशययुक्त र पम्प स्टोरेज आयोजनालाई प्राथमिकता दिँदै सौर्य तथा वायु ऊर्जाको सम्भावनासमेत समेटिनेछ। जलाशययुक्त आयोजनाले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छन् भने सौर्य र वायु ऊर्जाले उत्पादनका स्रोतमा विविधता थप्नेछन्।३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापार पनि बढाउनुपर्ने चुनौती सरकारसँग छ। भारत र बंगलादेशसम्म निर्यातको सम्भावना विस्तार भइरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन र विदेशी मुद्रा आर्जनको अवसर बढाउने अपेक्षा समेत गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit