Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

बजारमा बिक्री चाप बढ्दा नेप्से १०.८९ अंकले घट्यो, लगानी समूह मात्रै हरियो

बजारमा बिक्री चाप बढ्दा नेप्से १०.८९ अंकले घट्यो, लगानी समूह मात्रै हरियो
विज्ञापन
Advertisement

काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन ८.६६ अंकले बढेको बजारमा बिहीबार गिरावट देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेसँगै शेयर कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । यस दिन कुल ८६ कम्पनीको शेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समूहगत सूचकतर्फ बिहीबार लगानी समूहबाहेक सबै समूह ओरालो लागेका छन् । लगानी समूहको सूचक ०।.७२ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.०९, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य ०.१३ र व्यापार समूह १.५२ प्रतिशतले घटेका छन् ।

यस दिन युनिक नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफको ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशतले मूल्य बढेको छ । यता, एभरेस्ट कलरको शेयर मूल्य ४.६० प्रतिशतले ओरालो लाग्यो । सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक अगाडि रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit