Advertisement
Advertisement
Corporate Samachar
१२ मंसिर २०८३, शनिबार
Advertisement
Advertisement

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं जिल्ला अदालतमा भएको बहसपछि अदालतले अर्याललाई चार दिन थुनामा राख्न अनुमति दिएको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। प्रहरीले उनलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार नै अदालतमा उपस्थित गराएको थियो । बिहीबार पक्राउ परेका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप अनुसन्धानका लागि म्याद माग गर्दै काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा अर्याल पक्राउ परेका हुन् । सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको उक्त ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले गत मङ्सिर २ गते नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । सोही कसुरमा थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । अदालतबाट म्याद थप भएसँगै प्रहरीले अब चार दिनसम्म अर्यालमाथि थप अनुसन्धान अघि बढाउनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit