Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

मन्त्रीहरुको मर्यादाक्रममा हेरफेरः सोविता गौतम सातौँबाट तेस्रो वरीयतामा उक्लिइन्

मन्त्रीहरुको मर्यादाक्रममा हेरफेरः सोविता गौतम सातौँबाट तेस्रो वरीयतामा उक्लिइन्
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नयाँ मर्यादाक्रममा सबैभन्दा बढी चर्चामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको वरीयता परिवर्तन रहेको छ। यसअघि मन्त्रिपरिषद्मा सातौँ स्थानमा रहेकी गौतमलाई एकैपटक तेस्रो वरीयतामा उकासिएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको वरीयताअनुसार मन्त्रिपरिषद्मा पनि उनको स्थान माथि सारिएको देखिन्छ।

यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्। त्यस्तै, चौथो स्थानमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, पाँचौँ स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ छैटौँ र छैटौँ स्थानमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ वरीयतामा पुगेका छन्। नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् भने दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहेका छन्। मन्त्रिपरिषद्को आठौँ वरीयतामा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन छन्।

त्यसैगरी, सीता बादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति तथा रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम निर्धारण गरिएको जनाएको हो। हाल १७ सदस्यीय मन्त्रिपरिषद् रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit