Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति

लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति
विज्ञापन
Advertisement

सोलुखम्बु । सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो । हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो । तर, समय बलियो थियो, यो दुर्घटनाले मानवीय क्षति भएन ।

विज्ञापन
Advertisement
Advertisement

आज बिहान ८ः१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकप्टर लुक्लाबाट (४,९४० मिटर) लोबुजेतर्फ उडेको थियो । मङ्गलबार राति परेको बाक्लो हिमपातपछि त्यहाँ रोकिएका केही पर्यटकलाई उद्धार गर्न हेलिकप्टर त्यसतर्फ उडेको थियो । तर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा सतहमा जमेको हिउँले रनवे चिप्लियो, अनि हेलिकप्टरको पुच्छर जमिनमा ठोक्कियो ।

“अवतरणकै क्रममा हेलिकप्टर चिप्लिएर पछाडिको भाग क्षतिग्रस्त भएको हो”, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भने, “तर पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ, यो खुसीको खबर हो ।” उनका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर अहिले पनि सोही क्षेत्रमा छ ।

बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण तत्काल उद्धार सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिए । “हेलिकप्टर हिउँमा केही भाँसिएको छ, त्यसैले उडान सम्भव छैन”, उनले भने।

दुर्घटनाको क्षणमा हेलिकप्टरमा पाइलट खड्का एक्लै सवार थिए । उनलाई अर्को हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । “हामीले तत्काल उद्धारको व्यवस्था गरेका थियौँ, पाइलट सकुशल हुनु ठूलो राहत हो”, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने।

हिउँले ढाकिएको सगरमाथा क्षेत्रः पर्यटक होटलमा

मङ्गलबार रातिदेखि परेको लगातार हिमपातपछि सगरमाथा क्षेत्र सेतो चाँदरले ढाकिएको छ । दिङबोचे (चार हजार ४१० मिटर) माथि मात्र अहिले करिब तीन सय ३२ जना विदेशी पर्यटक रहेको प्रशासनले जनाएको छ। “ती सबै पर्यटक होटलभित्र सुरक्षित छन्”, प्रहरी नायब उपरीक्षक कुँवरले भने । मौसम अझै बिग्रिँदै गएकाले तल्लो क्षेत्रमा झर्नेहरूको सङ्ख्या बढेको उनको भनाइ छ ।

सगरमाथा क्षेत्रमा अहिलेको अवस्था ‘उच्च जोखिमयुक्त तर शान्त’ जस्तो देखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहानदेखि खुम्बु क्षेत्रमा सबै हेलिकप्टर र विमान उडान रोकिएका छन् । मौसममा सुधार नआएसम्म कुनै उडान सम्भव नभएको जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit