Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल मर्चेन्ट बैंकर्स संघ र इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच पारस्परिक सहयोग समझदारीमा सम्झौता

नेपाल मर्चेन्ट बैंकर्स संघ र इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच पारस्परिक सहयोग समझदारीमा सम्झौता
विज्ञापन
Advertisement

काठमाडाैँ । नेपाल मर्चेन्ट बैंकर्स संघ र इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच पारस्परिक सहयोग समझदारीमा सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भारतको मुम्बई स्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो । नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष श्री रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया बीच सम्पन्न सम्झौता अनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्घि गर्ने, नैतिक मापदण्डहरु कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ ।

लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धि सहित व्यावसायीक विकास र विस्तारमा दुई एशोशिएशनहरु बीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले गरेका छौँ ।

एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को मुम्बई बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित १३ औं वार्षिक सम्मेलनमा उपर्युक्त सम्झौतामा हस्ताक्षर गर्दा SEBI का अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालिन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोज कुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आरको उपस्थिति रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, सदस्यहरु लेखनाथ पोख्रेल र सन्दिप कार्कीको उपस्थिति रहेको थियोे ।

“IPOs in Emerging Global Superpower” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा नियामक र बजार विज्ञहरू सहित १००० भन्दा बढी प्रतिनिधिहरू बीच भारतको आर्थिक उन्नतिमा क्ष्एइ को महत्वपूर्ण भूमिकाबारे छलफल भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit