
काठमाडौं । चिनियाँ व्यावसायिक सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक फोटोन नेपाले १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै वार्षिक सर्भिस पार्टनर बैठक सम्पन्न गरेको छ ।
चितवनको रेजेन्टा रिसोर्ट र स्पामा बसेको बैठकले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित र प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो । आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधार गर्नुपर्ने सेवको लागि बैठकले गत वर्षको कार्यसम्पादन रणनीतिलाई आधार मानेर गहन छलफल गरेको जनाएको छ ।
‘अ रिलायबल आफ्टर सेल् सर्भिस’ नारा दिइएको कार्यक्रममा नेपालभरि फोटोन सेवा लिएका ग्राहकवर्गका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना बनाउने तयारी गरेको उल्लेख छ ।
नयाँ प्रविधिसहितको सेवा विस्तार, फोटोन नेपालले प्रदान गर्ने सेवा सुविधामा स्तरोन्नति, प्रशिक्षण र सेवा ट्र्याकिङ एवं ग्राहक संलग्नता सुधार गर्न बलियो डिजिटल रणनीतिक पहलहरू गर्ने निष्कर्ष छलफलपछि आएको फोटोनले जनाएको छ ।
सर्भिस पार्टनरहरूले आफ्टर सेल्स सर्भिसलाई उत्कृष्टता बनाउँदै लैजान प्रविधि र रणनीतिक सम्बन्ध विस्तारमा लगानी गर्दै निरन्तर आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता संस्थाले गरेको छ । ‘छलफमा प्रस्तावित उपायहरू कार्यान्वयन गर्न र नेपालमा व्यावसायिक सवारी साधनको सेवा उत्कृष्ट र बलियो स्थान बनाउन तत्पर छ। ’
प्रतिक्रिया दिनुहोस्