Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेटवर्क विस्तार योजनाद्वारा बिक्री पछिको सेवालाई चुस्त बनाउने फोटोन नेपालको तयारी

नेटवर्क विस्तार योजनाद्वारा बिक्री पछिको सेवालाई चुस्त बनाउने फोटोन नेपालको तयारी
विज्ञापन
Advertisement

काठमाडौं । चिनियाँ व्यावसायिक सवारी ब्रान्ड फोटोन मोटरको आधिकारिक वितरक फोटोन नेपाले १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै वार्षिक सर्भिस पार्टनर बैठक सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चितवनको रेजेन्टा रिसोर्ट र स्पामा बसेको बैठकले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित र प्रभावकारी बनाउने विषयमा छलफल गरेको हो । आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधार गर्नुपर्ने सेवको लागि बैठकले गत वर्षको कार्यसम्पादन रणनीतिलाई आधार मानेर गहन छलफल गरेको जनाएको छ ।

‘अ रिलायबल आफ्टर सेल् सर्भिस’ नारा दिइएको कार्यक्रममा नेपालभरि फोटोन सेवा लिएका ग्राहकवर्गका लागि पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार योजना बनाउने तयारी गरेको उल्लेख छ ।

नयाँ प्रविधिसहितको सेवा विस्तार, फोटोन नेपालले प्रदान गर्ने सेवा सुविधामा स्तरोन्नति, प्रशिक्षण र सेवा ट्र्याकिङ एवं ग्राहक संलग्नता सुधार गर्न बलियो डिजिटल रणनीतिक पहलहरू गर्ने निष्कर्ष छलफलपछि आएको फोटोनले जनाएको छ ।

सर्भिस पार्टनरहरूले आफ्टर सेल्स सर्भिसलाई उत्कृष्टता बनाउँदै लैजान प्रविधि र रणनीतिक सम्बन्ध विस्तारमा लगानी गर्दै निरन्तर आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता संस्थाले गरेको छ । ‘छलफमा प्रस्तावित उपायहरू कार्यान्वयन गर्न र नेपालमा व्यावसायिक सवारी साधनको सेवा उत्कृष्ट र बलियो स्थान बनाउन तत्पर छ। ’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit