Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दक्षिण कोरिया ७६ हजार गाडी ममर्तका लागि फिर्ता

दक्षिण कोरिया ७६ हजार गाडी ममर्तका लागि फिर्ता
विज्ञापन
Advertisement

दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने यातायात मन्त्रालयले बुधबार जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार किया कर्पले निरो इलेक्ट्रिक भेइकल (इभी) लगायत दुई फरक मोडलका ३५ हजार ५७१ इकाइ त्रुटिपूर्ण एयरब्याग प्रणालीका लागि फिर्ता गर्नेछ । बीएमडब्लु कोरियाले कूलिङ पम्प तार कनेक्टरमा समस्या भएका कारण ५२८आई सेडान जस्ता २८ मोडलका २४ हजार ३७१ इकाइ फिर्ता गर्नेछ, जसले आगोको जोखिम निम्त्याउँछ ।

ट्रान्सफर्मर र हाइब्रिड कन्ट्रोल सिस्टममा भएका सफ्टवेयर त्रुटिहरूले रेनो कोरिया मोटर्सको अर्काना हाइब्रिड स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सहित दुईवटा मोडलका आठ हजार ५६ इकाइहरू फिर्ता बोलाएको छ ।

टेस्ला कोरियाले मोडल वाईका सात हजार ७८१ इकाइहरूमा इलेक्ट्रिक पावर असिस्ट स्टेयरिङ (इपीएएस) प्रणालीमा भएका सफ्टवेयर त्रुटिहरू सुधार गर्नेछ । जगुआर ल्यान्ड रोभर कोरियाले डिफेन्डर ११० ए३०० एसयूभी सहित चार मोडलका ६०३ इकाइहरूमा सुधारात्मक कारबाही गर्नेछ । सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पाट्र्सहरू निःशुल्क बदल्न सक्छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit