Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

नागढुङ्गा सुरुङमार्गको प्रयोग गर्दा टोलमा लाइन बस्नुनपर्ने, सानिमा बैंकका सबै शाखाबाट एन–ट्याग लिन सकिने

नागढुङ्गा सुरुङमार्गको प्रयोग गर्दा टोलमा लाइन बस्नुनपर्ने, सानिमा बैंकका सबै शाखाबाट एन–ट्याग लिन सकिने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रवेशका लागि आवश्यक पर्ने विद्युतीय टोल भुक्तानी प्रणालीमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेडका देशभर रहेका शाखाबाटै प्राप्त गर्न सकिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सडक बोर्ड नेपालद्वारा सञ्चालित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा यात्रालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। यसै प्रणालीअन्तर्गत प्रयोग हुने एन–ट्याग सानिमा बैंकका काठमाडौं उपत्यकाभित्रका साथै देशभरका शाखाबाट उपलब्ध हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

एन–ट्याग सवारीसाधनको अगाडिको सिसामा टाँसिने विशेष स्टिकर हो । सुरुङमार्गको प्रवेश तथा निकासद्वारमा जडान गरिएका उपकरणले उक्त ट्यागलाई स्वचालित रूपमा पहिचान गर्छन् । त्यसपछि ट्यागमा उपलब्ध ब्यालेन्सबाट निर्धारित टोल रकम स्वतः कट्टा हुने र गेट खुल्ने व्यवस्था छ। यसले सवारीसाधनलाई टोल भुक्तानीका लागि लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै यात्रा थप सहज र समय बचत हुने बनाउने अपेक्षा गरिएको छ ।

यसअघि काठमाडौं उपत्यकामा मात्र सहज रूपमा उपलब्ध हुने एन–ट्याग सेवा अब सानिमा बैंकको देशव्यापी शाखा सञ्जालमार्फत विस्तार गरिएको हो । यससँगै उपत्यकाबाहिरका सवारीधनीले पनि आफ्नो नजिकैको सानिमा बैंक शाखामा पुगेर एन–ट्याग प्राप्त गर्न सक्नेछन् । एन–ट्यागमा रहेको रकम आवश्यकताअनुसार सानिमा बैंकका शाखा, फोनपे, कनेक्ट आईपीएस तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिने व्यवस्था रहेको छ ।

सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले राष्ट्रिय महत्वको पूर्वाधारमा डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए । नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्‍याउन सानिमा बैंक प्रतिबद्ध छ,’उनले भने । डिजिटल प्रविधिको प्रयोगमार्फत सार्वजनिक यातायात पूर्वाधारमा भुक्तानी प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उद्देश्यले बैंकले यो सेवा देशव्यापी रूपमा उपलब्ध गराएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit