Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान दिन सुरु

जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान दिन सुरु
विज्ञापन
Advertisement

काठमाडौं । जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीलाई स्थायी आवास पुनःनिर्माण अनुदान दिन सुरू गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

क्षति आँकलन सकिएका लाभग्राहीलाई पहिलो किस्ता वितरण शुभारम्भ गरिएको गृहमन्त्रालयले जनाएको छ । विस्तृत क्षति आँकलनको कार्यसम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका–२ बाट अनुदान वितरण सुरु गरिएको हो । चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको गृहमन्त्रालयको विपद् प्रधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनःनिर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये आज चौरजहारी नगरपालिका–२ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नं २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गर ।

अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई रु ५० हजारका दरले पहिलो किस्ता भुक्तानीसमेत भएको जनाइएको छ । विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ अनुसार लाभग्राहीले अनुदान रकम बैंक खातामार्फत् प्राप्त गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit