काठमाडाैं । साताको बुधबार नेप्से परिसूचक १४ अंकले बढेर दुई हजार ५९०.२९ विन्दुमा आइपुगेको छ । मंगलबार धितोपत्र बोर्डले आफ्ना नीति तथा कार्यक्रमहरु ल्याएको थियो । शेयर बजार सम्बन्धीत नीति सुधारका योजनाहरु समेटिएका छन् ।
त्यस्तै आजै मात्र संसदको अर्थ समितिमा पनि पुँजी बजार सुधारका विषयमा छलफल भएको थियो । सासंदहरुले पुँजी बजारका सुधारका विषयमा सरकार गम्भिर हुनुपर्ने धारणा राखेका थिए ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३६२ कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन बैंकको ऋणपत्र, राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र, एनआईसी एशिया बैंकको ऋणपत्र, सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य ११ करोड २१ लाख रुपैयाँदेखि ४४ करोड रु १० रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी बैंकको ऋणपत्र, नारायणी डेभलपमेन्ट बैंकको ऋणपत्र, सानिमा बैंकको ऋणपत्रको ६.२१ प्रतिशतदेखि १२.९० प्रतिशतले बढेको छ । बढेको बजारमा उपकार लघुवित्त वित्तीय संस्था, एनआईबीएल स्टेबल फण्ड, एनआईसी एशिया सेश्लेक्ट फण्डको शेयर मूल्य ३.७४ प्रतिशतदेखि ७.३२ प्रतिशतसम्मले घटेको छ ।













प्रतिक्रिया दिनुहोस्