Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रचण्डलाई ओलीको जवाफ– ‘संसदमा किन दिने जवाफ? एउटा कर्मचारी हटायो, अर्को नियुक्त गर्यो, सक्कियो’

प्रचण्डलाई ओलीको जवाफ– ‘संसदमा किन दिने जवाफ? एउटा कर्मचारी हटायो, अर्को नियुक्त गर्यो, सक्कियो’
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको बारे आफू संसदमा जवाफदेही नभएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार युवा संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारी (कुलमान घिसिङ)लाई हटाउँदा केहीले छाती पिटिपिटी रोइरहेको भन्दै कटाक्ष गरे । उनले आफूले संसदमा जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे।

ओलीले भने, ‘ प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन।’
कुलमानलाई हटाउनुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले आज दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेका थिए।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै प्रधानमन्त्रीले कुलमानलाई हटाएको बारे रोस्टमबाटै जवाफ दिनुपर्ने बताएका थिए । उनले चित्तबुझ्दो जवाफ नआए संसद चल्न नदिने र आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको बताए ।

विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

यस्तै ओलीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको नभएको उल्लेख गर्दै देशलाई अप्ठेरोमा पार्न खोजिए बाघले झम्टिए झैँ युवा संघले प्रतिवाद गर्ने बताए ।

उनले भने, ‘ देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ । स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit