Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कुलमान हटाएपछि मन्त्री खड्काको प्रतिक्रियाः काम नगरी चर्चा खोज्ने प्रवृत्तिले समाजलाई फाइदा छैन

कुलमान हटाएपछि मन्त्री खड्काको प्रतिक्रियाः काम नगरी चर्चा खोज्ने प्रवृत्तिले समाजलाई फाइदा छैन
विज्ञापन
Advertisement

 काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कर्मचारीहरूबीच प्रचारबाजीको होडबाजी चलिरहेको भन्दै काम गरेर स्थापित हुनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रचारभन्दा परिणाममुखी प्रतिस्पर्धामा ध्यान दिन आग्रह गरे।

विज्ञापन
Advertisement
Advertisement

उनले भनेर्, काम सबै मिलेर गर्ने हो, तर अनुशासित, मर्यादित र कानुनी दायराभित्र रहेर गर्नुपर्छ ।’ हालै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएपछि भएको आलोचनाबीच मन्त्री खड्काले सरकारले लक्ष्यअनुसार अघि बढ्ने स्पष्ट पारे। उनका अनुसार सन् २०३५ भित्र जडित विद्युत् क्षमता २८,५०० मेगावाट र प्रतिव्यक्ति वार्षिक खपत १,५०० युनिट पुर्याउने लक्ष्य छ। उनले आउँदो दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit