Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

आगलागी र विद्युतीय सुरक्षा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १४ राष्ट्रका विज्ञ प्रतिनिधिले प्रस्तुति दिने

आगलागी र विद्युतीय सुरक्षा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १४ राष्ट्रका विज्ञ प्रतिनिधिले प्रस्तुति दिने
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको छ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले यहि चैत्र २४ र २५ गते दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आयोजना गर्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधिहरू, उद्योग क्षेत्रका नेताहरू तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहने छ। आगलागी न्यूनीकरण र विद्युतीय सुरक्षाका क्षेत्रमा नवीनतम प्रविधि, प्रवृत्ति तथा उत्कृष्ट अभ्यासहरूबारे जानकारी प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले जानकारी दिए।

सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय विज्ञ तथा प्रमुख वक्ताहरू सहभागीता रहने आयोजकले उल्लेख गरेको छ । आयोजकका अनुसार चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनाम लगायत १४ राष्ट्रका विज्ञहरुले सम्मेलनमा आफ्नो प्रस्तुति दिनेछन्। छलफल सत्रहरू, कार्यपत्र प्रस्तुति तथा प्रविधि प्रदर्शनीमार्फत अग्नि सुरक्षा तथा विद्युतीय सुरक्षा प्रविधिहरूमा भइरहेको नवीनतम प्रगतिबारे जानकारी दिने लक्ष्य सम्मेलनको छ ।

सम्मेलन दुई दिनसम्म चल्ने छ । नेपालमा हरेक वर्ष सुख्खा याममा आगलागीका घटनाले ठूलो जनधनको क्षति हुँदै आइरहेको छ । सम्मेलनले अग्नि सुरक्षाका चुनौतीहरू पहिचान गर्न, तिनको समाधानबारे छलफल गर्न, नवीनतम प्रविधिहरू अवलम्बन गर्न र नीति निर्माणकर्ताहरू तथा व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने अवसर प्रदान गर्नेछ।

आप्सा नेपालका कार्यक्रम निर्देशक सुरेश श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार प्याकुरेललगायतले यो सम्मेलन नेपालमा आगलागी न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान, नीति निर्माण र प्रविधि हस्तान्तरणमा मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे।

आयोजकहरूले यसलाई नेपालमा सुरक्षासम्बन्धी रणनीति निर्माणका लागि एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit