Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मिर्चैयाका अस्पताल अनुगमन, दुई जना पक्राउ

मिर्चैयाका अस्पताल अनुगमन, दुई जना पक्राउ
विज्ञापन
Advertisement

सिरहा । मापदण्डविपरीत सञ्चालन गरिँदै आएको सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन गरिँदै आएको सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको हो । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।

यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस सिल गरेको बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit